महशुल बक्यौता उठाउँदै उद्योगको लाइन जोड्ने प्राधिकरण बोर्डको निर्णय
काठमाडौं- नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले लाइन काटिएका उद्योगमा बिजुली जोड्ने निर्णय गरेको छ ।मंगलबार बसेको बोर्ड बैठकले बिजुली जोड्ने निर्णय गरेको ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले बताए ।
मन्त्रिपरिषद्को निर्णय र ऊर्जा मन्त्रालयको लिखित निर्देशनपछि प्राधिकरण सञ्चालक समिति बैठकले पनि महशुल उठाउने र उद्योगमा लाइन जोड्ने निर्णय गरेको उनले बताए ।
गत आइतबारको मन्त्रिपरिषद्को बैठकले विद्युत काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो ।
प्राधिकरणले कात्तिक ८ मा डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरको उद्योगको बिजुली काटेको थियो ।