रविको तेस्रो पटकको म्याद पनि सकियो, आज अदालत उपस्थित गराइँदै
पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको १० दिनको म्याद सकिएको छ ।
प्रहरीलाई उनीविरुद्धको अनुसन्धानका लागि अदालतले गत कात्तिक २० गते १० दिनको म्याद दिएको थियो ।
१४ गतेदेखि गणना हुनेगरी उक्त म्याद थप भएको थियो ।
प्रहरीले पाएको म्याद सकिएपछि आज पुनः अदालत उपस्थित गराउन लागिएको छ ।
उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा छ ।