दोहोरो राहदानी लिएर बेलायत बस्ने राईमाथि सिआईबीको निगरानी, अनुसन्धान रोक्न दबाब दिँदै पत्रकार !
काठमाडौं — प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बेलायतमा रहेर गहना पसल सञ्चालन गर्दै आएकी एक महिलामाथि दोहोरो नागरिकता र राहदानी दुरुपयोग गरेकोबारे अनुसन्धान सुरु गरेको छ ।
बेलायतको अल्डरसटस्थित न्यू लक्ष्मी ज्वेलर्स सञ्चालन गर्दै आएकी सुनसरीकी ५० वर्षीया लक्ष्मी राईमाथि सीआईबीले अनुसन्धान सुरु गरेको हो ।
लक्ष्मीले नेपालको नागरिकता परित्याग नगरी बेलायती राहदानी प्रयोग गरेको खुलेपछि सिआईबीले अनुसन्धान सुरु गरेको स्रोतले जनाएको छ ।
लक्ष्मीले बेलायतमा रहँदा राहदानीको दुरुपयोग गरेको सूचनापछि सिआईबीले अनुसन्धान सुरु गरेको जनाइएको छ ।
हाल बेलायतमै रहेकी लक्ष्मी बेलायतकै एक केसी थरका काउन्सिलरसँग पनि जोडिएकी छन् । उनका कारणले ती काउन्सिलरको पारिवारिक कलह समेत भएको सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो । लक्ष्मीकै कारण ती काउन्सिलरले घरकी श्रीमतीलाई कुटपिट गरेका कारण एकरात प्रहरी हिरासतमा बस्न बाध्य भएका थिए । लक्ष्मी र ती काउन्सिलरलाई श्रीमतीले रंगेहात भेटाएपछि भएको झगडामा काउन्सिलरले कुटपिट गरेपछि लक्ष्मीकै कारण उनीहरूबीच सम्बन्धविच्छेद समेत भइसकेको छ ।
पारिवारिक सम्बन्ध स्थायीत्व राख्न नसकेकी लक्ष्मीले झण्डै आधा दर्जन बिहे र सम्बन्ध विच्छेद गरिसकेको पनि स्रोतले दाबी गरेको छ । उनले समाजका प्रतिष्ठित व्यक्तिहरुलाई प्रभावमा पारेर सम्बन्ध अगाडि बढाउन माहिर रहेको पनि स्रोतले जनाएको छ ।
तर सिआईबीले अनुसन्धान बढाइरहेको अवस्थामा नेपालका एक टेलिभिजनका सञ्चालक एवं पत्रकारले सिआईबीलाई अनुसन्धान अगाडि नबढाउनका लागि दबाब दिँदै आएको स्रोतले दाबी गरेको छ । ती पत्रकारको संरक्षणमा राईले सर्वसाधाणलाई प्रहरी लगाएर दुःख दिने समेत गरेको स्रोतको भनाई छ । तर, सिआईबीले अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउने जनाउँदै अनुसन्धान अगाडि बढीरहेको छ ।
लक्ष्मीसँग दुवै देशको नागरिकता सक्रिय रहेको देखिएको छ । नेपालको कानुनअनुसार नेपाली नागरिकता त्याग नगरी दोस्रो मुलुकको पासपोर्ट प्रयोग गर्नु गैरकानुनी मानिन्छ ।