

अघिल्लो दिन उछालिएको शेयर बिहीबार सम्हालियो

काठमाडौं – साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य गिरावट भएको छ । अघिल्लो दिन ४१.२० अंक बढेको बजार बिहीबार भने १्७८ अंकले घट्दै बजार करेक्सन भएको हो।
कारोबार सुरु हुँदा २२ अंकसम्मले बढिसकेको अन्तिम समयसम्म करेक्सन भएको थियो । बिहीबार कारोबार रकम भने ३ अर्ब नाघेको छ। यस दिन १९२ कम्पनीको ४१ हजार ९०९ पटकको कारोबारमा ३ अर्ब ३ करोड ७६ लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ३ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन शिवश्री हाइड्रोपावर र नेपाल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। शिवश्री हाइड्रोपावरको शेयरमूल्य यस दिन १२ रुपैयाँ बढेर १३२ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने नेपाल फाइनान्सको २२ रुपैयाँ बढेर २५० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
बिहीबार कारोबारमा आएका १२ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ६ को घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.३७ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको १.१३ प्रतिशत घटेको छ।

