कुवेतविरुद्ध नेपालको शानदार जित, कुवेत २२ रनमै अलआउट
काठमाडौं – आईसीसी यू—१९ महिला टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले कुवेतविरुद्ध शानदार जित हात पारेको छ ।
यूएईको दुबईस्थित दी सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दिएको १३१ रनको लक्ष्य पछ्याएको कुवेतले २२ रन बनाउँदा सबै विकेट गुमाएपछि नेपालले १०८ रनले जित हात पार्यो ।
कुवेतले १३ ओभरमा २२ रन बनाउँदा सबै विकेट गुमाएको हो ।
त्यसअघि पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो ।
छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । खेल डबल राउण्ड रोविनका आधारमा खेलाइनेछ । त्यसपछि शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुनेछ ।