त्यो दिन ट्रम्पले आफ्नो टाउको दायाँतिर नफर्काएको भए…!
काठमाडाैं- जुलाई १३ मा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पेन्सिल्भेनिआमा आयोजित एउटा र्यालीमा गोली प्रहार भएको थियो । २० वर्षीय थोमस म्याथ्यू क्रुक्सले पेन्सिलभेनियाको बटलर पार्कमा डोनाल्ड ट्रम्पलाई गोली हानेका थिए ।
एआर स्टाइल ५५६ राइफलबाट चलाइएको गोलीबाट ट्रम्प बाँचे तर उनको कानमा चोट लागेको थियो । त्याेबेला केही सेकेन्डको लागि कथा सकिएकाे जस्तो भएकाे थियाे । तर, ती ‘केही सेकेन्ड’ नै अमेरिकी राष्ट्रपति चुनावको टर्निङ प्वाइन्ट बनेकाे छ ।
यदि ट्रम्पले आफ्नो टाउको दायाँतिर नफर्काएको भए, उनलाई यो चुनाव जित्न मात्रै हाेइन बाँच्न नै गाह्रो हुने थियो । त्यो गोलीबाट ट्रम्प बाँचेको तरिका चमत्कार भन्दा कम छैन । उनले ०.०५ सेकेन्डको अन्तरालमा टाउको घुमाएका थिए । साेही कारण गोली टाउकोको सट्टा दाहिने कान छेडेर पार गएकाे थियाे ।
त्याेबेला पोडियमबाट भाषण दिँदा ट्रम्पले आफ्नो दायाँ स्क्रिनमा अवैध आप्रवासीको तथ्याङ्क हेर्छन् । त्यसपछि गोली चलेकाे थियाे । ट्रम्पको टाउको दायाँतिर घुम्यो। गोली कान छेडेर बाहिर निस्किएकाे थियाे । त्यसपछि ट्रम्प निहुरिएका थिए । त्याेबेला ट्रम्पले आफ्नो हातले दाहिने कान छोएका थिए, हातमा रगत थियो । पहिलो गोली प्रहार भएको पाँच सेकेण्डपछि दोस्रो राउण्ड फायर भएको थियो।
गोली प्रहार भएलगत्तै सिक्रेट्स सर्भिस एजेन्टहरू स्टेजमा गए र ट्रम्पको वरिपरि मानव ढाल बनाए । त्यतिन्जेल हतियारधारी सिपाहीहरू मञ्चमा पुगिसकेका थिए । केही सेकेन्डपछि, छतमा रहेका स्नाइपरले आक्रमणकारीलाई गोली हानेका थिए । सिक्रेट्स सर्भिस एजेन्टहरूकाे बीचबाट आफ्नो हात उठाउदै ट्रम्पले ‘फाइट, फाइट, फाइट’ भन्छन् । र, ट्रम्पलाई सीधै उनको कारमा लगिन्छ ।
त्यसबेला डोनाल्ड ट्रम्पले आफू र मृत्युबीच मिलिसेकेन्डको अन्तर रहेको बताएका थिए । यदि ट्रम्पले त्योबेला अध्यागमन चार्टलाई नहेरेको भए, गोली उनको दाहिने गाेठीको अगाडि लाग्ने थियो र उनको टाउकोको पछाडिबाट निस्किने थियो । त्यस्तो अवस्थामा ट्रम्पको बाँच्ने असम्भव हुने थियो ।
ट्रम्पलाई गोली हानेको बन्दुक कति शक्तिशाली ?
अनुसन्धानपछि थोमसले प्रयोग गरेको एआर स्टाइल ५५६ राइफल कानुनी रुपमा किनेको खुलेको छ । यो करिब ३ किलोग्राम तौलको अर्ध-स्वचालित राइफल हो । सक्शन पाइपको व्यास १६.१० इन्च छ । त्यसको मतलब त्यसले लामो दूरीमा लक्ष्य प्रहार गर्ने क्षमता राख्छ ।