माइतीघर मण्डलाको नाम फेर्ने तयारीमा काठमाडौं महानगर, के राख्दैछ ?
काठमाडौं- काठमाडौं महानगरपालिकाले माइतीघर मण्डलाको नाम फेर्ने तयारी गरेकाे छ । महानगरले काठमाडौं माइतीघरकाे नाम उपत्यकाकै सांस्कृतिक महत्व झल्काउने ‘फिब्वः ख्यः’ राख्ने तयारी गरेकाे हाे ।
महानगरभित्रका मौलिक सांस्कृतिक नाम पुनःस्थापना गर्ने अभियानअन्र्तगत महानगरले नाम फेर्न लागेको मेयर बालेन शाहका मिडिया सहजकर्ता सुरेन्द्र बजगाईंले बताए ।
उपत्यकाका नेवारी भाषी समुदायले भने माइतीघर मण्डलालाई ‘फिब्वःख्यः’ भन्ने गर्छन् । बालुवाकाे ढिस्काेलाई नेपाल भाषामा ‘फिब्व’ भनिन्छ । भद्रकालीमा रहेको सेनाको ब्यारेकभित्र नेवार समुदायले पुजाअर्चना गर्ने ‘फिब्वः अजिमा’को मन्दिर छ । यही कारण माइतीघरलाई अजिमाको चौर भन्ने अर्थमा ‘फिब्वःख्यः’ भन्ने गरिन्छ ।
माइतीघर फिल्म निर्माणका बेला कार्यालय रहेका कारण यो ठाउँको चलनचल्तीको नाम माइतीघर रहन गएको इतिहास छ । २०५७ मा भएको ११औंमा सार्क शिखर सम्मेलनका लागि माइतीघरमा मण्डला बनाइएकाे थियाे । त्यहि बेलादेखि साे स्थानकाे नाम माइतीघर मण्डला रहन गएकाे पाइन्छ ।