अमेरिका निर्वाचनः अहिलेसम्म को अगाडि ?


काठमाडौं-  अमेरिका राष्ट्रपति चुनावमा मतगणनाको नतिजा आइरहेको छ । ५० राज्यमध्ये ३० राज्यको नतिजा आइसकेको छ ।

नतिजा आएको मध्ये २० मा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र १० मा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले जित हासिल गरेकी छन् ।

डेमोक्रेटिक पार्टीको राम्रो मानिएको ब्लू स्टेटमा ह्यारिसले जित हासिल गरेकी छन् । रिपब्लिकनको राम्रो मानिएको रेड स्टेटमा ट्रम्पले जितिरहेका छन् ।

अमेरिकाको ५० राज्यमा ५३८ इलेक्टोरेल मत अर्थात् सिटका लागि चुनाव भएको हो । बहुमतका लागि २७० सिट जित्नुपर्ने हुन्छ ।

 

प्रतिक्रिया