

चितवनमा स्कुटर दुर्घटनामा परी एकैघरका तीन जनाको मृत्यु

चितवन – चितवनमा बस र स्कुटर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।
चितवनको जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना५ख २१५० नम्बरको बसमा ठोक्किँदा ना ४०प ७०८२ नम्बरको स्कुटरमा सवार बाबु–छोरी र भतिजीको मृत्यु भएको छ।
दुर्घटनामा भरतपुर महानगरपालिका–६ गीतानगर बस्ने ४५ वर्षीय मोहन अधिकारी, सोही स्कुटरमा सवार उनकी १७ वर्षीया छोरी विनिशा अधिकारी र भतिजी १७ वर्षीया दिविशा अधिकारीको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए।
दुर्घटनामा गम्भीर घाइते भएका तिनै जनाको जिल्ला अस्पताल भरतपुरमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको थापाले बताए। थापाका अनुसार स्कुटरमा अधिकारी, उनकी छोरी र भतिजी तीन जना सवार थिए।

