त्रिभुवन विश्वविद्यालयमा भोलि बिदा
काठमाडाैं- त्रिभुवन विश्वविद्यालयले भोलि (बुधबार) शोक बिदा दिएको छ । त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष चैतन्य शर्माको निधनमा विश्वविद्यालयले शोक बिदा दिएको हो ।
शिक्षाविद् समेत रहेका ७३ वर्षीय शर्माको कात्तिक १६ गते निधन भएको थियो । उनको निधनमा शोक व्यक्त गर्दै विश्वविद्यालयले एक दिन त्रिवि केन्द्रीय कार्यालय लगायत त्रिविका सम्पूर्ण निकायहरू बन्द हुने जनाएको छ ।