वायु प्रदूषणका कारण लाहोरमा लकडाउन


काठमाडौं- पाकिस्तानको लाहोर शहर सबैभन्दा प्रदूषित हावा भएको सहर बनेको छ । आइतबार लाहोर शहरको वायु गुणस्तर सूचक (एक्यूआई) एक हजारभन्दा माथि पुगेपछि सुरक्षालाई मध्यनजर गर्दै त्यहाँको सरकारी निकायले प्राथमिक विद्यायललाई एक साताका लागि बन्द गर्न निर्देशन दिएको छ ।

लाहोरको वायू प्रदुषण अत्याधिक खराब भएपछि आजबाट त्यहाँका कार्यालयका करिब ५० प्रतिशत कर्मचारीलाई घर बाटै काम गर्न सरकारले निर्देशन जारी गरेको छ ।

पाकिस्तानले ‘ग्रिन लकडाउन’ योजनालाई लागु गरेको र त्यस अन्तर्गत कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइएको बीबीसीले जनाएको छ । पाकिस्तानको हावामा स्वास्थ्यका लागि हानिकारक सूक्ष्म कणको स्तर खतरनाक तहमा पुगेपछि सरकारले यस्तो कदम चालेको हो ।

गुणस्तर खराब हुनुको मुख्य कारण रहेको वरिष्ठ वातावरण अधिकारी राजा जहाँगिर अनवरलाई उदृत गर्दै बीबीसीले लेखेको छ ।

वातावरण अधिकारी जहाँगिर लाहोर भारतीय सीमा नजिक रहेको कारण त्यहाँ जलाइएको परालको घुँवा लाहोर तर्फ आइरहेको समेत आरोप लगाएका छन् ।

प्रतिक्रिया