बझाङमा अरिङ्गालले टोकेर दिदीभाइको मृत्यु
बझाङ- अरिङ्गालको टोकाइबाट बझाङका दुई जनाको मृत्यु भएको छ । थलारा गाउँपालिका -२ डोरगाउका ३ बर्षीय सुरबिर खाती र उनकी दिदी ५ वर्षीया सिया खातिको मृत्यु भएको हो ।
अरिङ्गालको टोकाइबाट अन्य तीनजना घाइते भएको थलारा गाउँपालिकाका प्रवक्ता रबिन्द्र खातीले बताए ।
उनका अनुसार घाइते हुनेमा मृतककी सात वर्षीया दिदी सुमी खाती, आमा डम्मरा खाती र ५८ बर्षकी हजुर आमा रहेका छन् । उनीहरुको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भैरहेको छ ।
शनिवार दिउँसो घर नजिकै घाँस काट्ने क्रममा बिच्किएका अरिङ्गालले उनीहरुलाई टोकेको र उपचारको क्रममा बालबालिकाको मृत्यु भएको प्रवक्ता खातीले जानकारी दिए ।