दिवगंत जोशीलाई श्रद्धाञ्जली दिन शीर्ष नेता तथा कार्यकर्ताको घुइँचो


काठमाडौं – नेपाली कांग्रेसका दिवगंत नेता नवीन्द्रराज जोशीलाई शीर्ष नेताहरुले श्रद्धाञ्जली दिएका छन् । जोशीको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि कांग्रेस कार्यालय, सानेपामा राखिएको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरे । सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतले श्रद्धाञ्जली दिए । जोशीलाई श्रद्धाञ्जली दिन पार्टी कार्यालयमा कांग्रेस नेता, कार्यकर्ता र उनका समर्थकहरूको घुइँचो लागेको छ।

मष्तिस्क घातका कारण एक महिनादेखि नर्भिक अस्पतालमा उपचाररत कांग्रेस नेता जोशीको शुक्रबार राति निधन भएको हो ।

प्रतिक्रिया