सीमानाकामा सहजताका लागि उत्तराखण्ड सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री धामी
बनबासा- भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले सीमानाकामा सहजताका लागि उत्तराखण्ड सरकार प्रतिबद्ध रहेको बताएका छन् । हिजो बनबासस्थित एक कार्यक्रममा सहभागी मुख्यमन्त्री धामीले पत्रकार टेकसिंह धामीसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।
पछिल्लो समय नेपालको सुदूरपश्चिम जोडिएको भारतका सीमानाका र विशेषगरी बनबासामा भारतीय सुरक्षाकर्मी एवं एसएसबीले सास्ती दिने गरेको विषयमा पत्रकार धामीले सीएम धामीसँग जिज्ञासा राखेको थियो । सो सन्दर्भमा धामीले दुई देशका सीमा नाकामा सहजता प्रदान गर्नका लागि सुरक्षा निकायका प्रमुखहरुलाइउ निर्देशन दिएको पनि बताए ।
यस्तै उनले तत्काल नै बनबासाका एसएसबी प्रमुखलाई पनि नेपालको सशस्त्र प्रहरीसँग समन्वय गरेर सीमा नाकाको आवागमनमा सहजता प्रदान गर्न निर्देशन दिए ।
त्यस्तै धामीले अर्को प्रसङ्गमा भने आफूलाई नेपालबाट निमन्त्रणा आए चाडैं पशुपतिनाथको दर्शन एवं भ्रमणमा आउने पनि जनाए। नेपाल भ्रमण तथा पशुपतिनाथ दर्शनको चाजोपाजो चाडैं मिलाइने उनको भनाई छ ।