मोबाइल चलाउदै खाना पकाइरहेका थिए, अचानक तातो तेलमा खसेको मोबाइल विस्पोट हुँदा गुमाए ज्यान
काठमाडौं- मोबाइल फोन विस्फोट हुँदा भारतमा एक जनाको ज्यान गएको छ । शुक्रवार मध्य प्रदेशस्थित भिण्ड जिल्लामा रामप्रकाश कुशवाह नामका एक युवकको मोबाइल विस्फोटमा ज्यान गएको हो ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार ती व्यक्तिले खाना पकाउँदै मोबाइल फोन हेरिरहेका थिए । तर, अचानक हातबाट तातो तेलमा मोबाइल खस्दा फोन केहीबेरमै विस्फोट भयो । उनलाई पूर्ण रूपमा जलेको अवस्थामा उद्धार गरी अस्पताल लगिएको थियो । तर अस्पताल पुग्न नपाउँदै बाटोमै उनको मृत्यु भयो ।
मृतक युवक रामप्रकाशको परिवारमा उनकी पत्नी, १४ वर्षकी छोरी र ८ वर्षको छोरा रहेका छन्।