धनगढीमा होटल सञ्चालकको करेन्ट लागेर मृत्यु


धनगढी- कैलालीको धनगढीस्थित बसपार्क पछाडी होटल संचालकको करेन्ट लागेर मृत्यु भएको छ ।

मोहन्याल गाउँपालिका–५ घर भई हाल धनगढी उपमहानगरपालिका–४ बसपार्क पछाडी जानकी होटल संचालन गरी बसिरहेको ३८ वर्षीय अरुण बुढामगरको शुक्रवार करेन्ट लागेर मृत्यु भएको हो ।

होटलको कोठा भित्र बिद्युतको लाईन मर्मत गर्ने क्रममा बुढामगर करेन्ट लागेर गम्भिर घाइते भएका थिए । उनलाई उपचारको लागि नवजिवन अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया