

एक दुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ, राजनीति जतासुकै जाओस् : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली सरकारमा रहेको समर्थन एक दुई दिनमा फिर्ता लिने बताएका छन् ।
बृहत नागरिक आन्दोलनका अगुवाले गरेको अन्तरक्रियाका क्रममा शनिबार राजधानीमा प्रचण्डले भने,’चाहे राजनीति जतासुकै जाओस् अब नैतिक रुपमा पनि समर्थन दिन सकिन्न।’
उनले अगाडि भने, ‘समर्थन फिर्ता र अविश्वासको प्रस्ताव एकै पटक होस् भनेर पर्खिएको हो, अब त्यो अवस्था नबने पनि मैले समर्थ फिर्ता लिने हो।’

