

सन्दीप र आरिफको उत्कृष्ट प्रदर्शनसँगै स्कटल्याण्डविरुद्ध नेपाल विजयी

काठमाडौं – आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपाल विजयी भएको छ । गएराती सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको नेपालले २९.५ ओभर मै पाँच विकेटको क्षतिमा १५५ रनको लक्ष्य भेट्टायो ।
नेपालका लागि आरिफ शेखले अर्धशतकीय पारी खेलेका थिए भने सन्दीप लामिछानेले ३ विकेट लिएका थिए।

