

स्कटल्याण्डविरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता

काठमाडौं — अमेरिकामा जारी स्कटल्याण्डविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले तेस्रो सफलता दिलाएका हुन् । उनले आफ्नो बलिङको पहिलो ओभरमै सफलता हात पारेका हुन् ।
स्कटल्याण्ड अहिले १२ ओभरमा ३४ रन बनाउँदा ३ विकेट गुमाएर खेलिरहेको छ ।
नेपालका लागि करण केसीले पहिलो ओभरमै विकेट लिएका थिए भने अर्को विकेट सोमपाल कामीले लिएका थिए ।

