आजदेखि केरूङ नाका सञ्चालनमा आउँदै


काठमाडौं – रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा आउने भएको छ ।

अविरल वर्षाका कारण बन्द अविरल वर्षाले क्षति पुर्‍याई गत असोज १२ गतेबाट अवरूद्ध चिनियाँ भूभागको सडक पुनःनिर्माण सम्पन्न गरी आजबाट यातायात सञ्चालनमा ल्याउने चिनियाँ पक्षले तयारी गरेको हो ।

राजमार्ग सञ्चालनमा ल्याई नेपाल चीनबीचको व्यापार, व्यवसाय अभिवृद्वि गराउने कार्यमा ल्हासास्थित नेपाली वाणिज्य माहादूत नवराज ढकालद्वारा सहजीकरणमा ठूलो सहयोग मिलेको बताइएको छ ।

रसुवागढी–केरूङ खण्डअन्तर्गत ठोङ्सा नजिक चिनियाँ पाखामा पहिरो जाँदा अवरूद्व भएको थियो।

 

प्रतिक्रिया