वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन गर्ने निर्णय


काठमाडौं- वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले मन्त्रालयको नाम वन, वातावरण तथा जलवायु परिवर्तन राख्ने निर्णय गरेको हो ।

काठमाडौंमा वन तथा वातावरण मन्त्रालयको आयोजनामा आजबाट सुरु भएको ‘राष्ट्रिय जलवायु सम्मेलन’मा बोल्दै वन मन्त्रालयका सचिव दीपककुमार खरालले वन मन्त्रालयको नाम परिवर्तन गरी वन, वातावरण तथा जलवायु परिवर्तन राख्ने निर्णय भएको बताएका छन् ।

प्रतिक्रिया