
रास्वपाको सडक प्रदर्शन तत्कालका लागि स्थगित
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सडक प्रदर्शनलाई तत्कालका लागि स्थगित गरेको छ ।
अबका विरोध कार्यक्रम केन्द्रीय समितिको बैठकले निर्णय गर्ने रास्वपाले जनाएको छ । काठमाडौँ जिल्ला समिति आयोजक र केन्द्रीय सदस्य पुकार बम संयोजक भएर शुक्रबारको विरोध कार्यक्रम गरिएको थियो ।
गत शनिबारदेखि पोखरामा दिनहुँ प्रदर्शन गर्दै आएको रास्वपाले आज काठमाडौँमा विरोध गरेको थियो। सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको जनाउँदै विरोध प्रदर्शन गर्दै आएको छ।
विरोध प्रदर्शनलाई उपत्यकाव्यापी बनाउने गरी पार्टीले निर्णय लिने जनाइएको छ । रास्वपा सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा कात्तिक २ मा प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो । जिल्ला अदालत कास्कीले थप अनुसन्धानका लागि दुई पटक समयावधि थपेको छ ।



कागजपत्र |
