पाँचथरमा अरिङ्गालले टोक्दा एक युवकको मृत्यु


पाँचथर- अरिङ्गालले टोकेर पाँचभरको फिदिममा एक युकको मृत्यु भएको छ।

अरिङ्गालले टोकेर बिरामी भएका फिदिम नगरपालिका ६ सिवाका मानबहादुर तुम्रोकका २६ वर्षीय छोरा सुभराजको तुम्रोकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार साँझ जंगलमा रहेको अरिङ्गाल झार्ने क्रममा टोक्दा सुभराज घाइते भएका थिए । अरिङ्गालले टोकेर सिकिस्त भएका उनको बिहीवार घरमै मृत्यु भएको हो ।

अरिङ्गालको टोकाइबाट सिकिस्त बनेका सुभराजलाई गाउँकै एक मेडिकलमा उपचार गरेर घरमै राखिएको थियो । अवस्था गम्भीर बनेपछि उपचारका लागि फिदिम ल्याउने तयारी भइरहेको बेला बिहीवार घरमै उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया