रविको तिहार थुनामै !


काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तिहारसम्म रिहा नहुने भएका छन् । कास्की जिल्ला अदालतले बिहीबार रविमाथिको अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

नयाँ थपिएको समय बिहीबार (कार्तिक ८ गते) बाट गणना हुन्छ। जसअनुसार अदालतले हिरासतमा राख्न दिएको समयावधि कार्तिक १४ गते मध्यरात १२ बजेसम्म हुन्छ । अदालतले दिएको अनुमतिको समय सकिएपछि अर्को कार्यालय खुल्ने दिनमा प्रहरीले फेरि अदालत समक्ष पेस गर्नुपर्छ । तर, कार्तिक १५ गतेबाट भने तिहारको सार्वजनिक बिदाको समय सुरु हुँदैछ ।

तिहार बिदापछि कात्तिक २० गतेमात्र सरकारी कार्यालय खुल्ने छ । त्यसैले प्रहरीले रविलाई कात्तिक २० मा मात्र अदालतमा उपस्थित गराउने छ । त्यसपछि मात्रै रविको म्याद थप गर्ने कि नगर्ने भन्नेबारे अदालतमा बहस हुने छ ।

प्रतिक्रिया