लडाकु भालेको आक्रमणबाट नगर प्रहरी प्रमुखको मृत्यु


एजेन्सी– लडाकु भालेको आक्रमणका कारण फिलिपिन्समा नगर प्रहरी प्रमुखको मृत्यु भएको छ । अवैध रूपमा भाले जुधाइ भइरहेको ठाँउमा छापा हान्न पुगेका प्रहरीमाथि भालेले आक्रमण गरेको थियो ।

उत्तरी फिलिपिन्सको समार प्रान्तको मदुग्याङ्ग गाँउमा प्रहरीले अवैध भाले जुधाइ भइरहेको ठाँउमा छापा मार्दा नगर प्रहरी प्रमुख क्रिस्टियन बोलोकले एक भालेलाई समात्न खोजेका थिए। प्रान्तका गभर्नर एड्विन ओङ्गचुआनका अनुसार भालेको खुट्टामा ब्लेड लगाइएको थियो। भालेले बोलोकमाथि आक्रमण गर्दा उनको खुट्टाको एउटा नसा काटिएको थियो।

गभर्नर ओङ्गचुआनका अनुसार अन्य प्रहरीले रगत बगेको रोक्न कपडाले समेत बेरेका थिए। तर  रगत बग्ने क्रम रोकिएको थिएन। सोही कारण उनको मृत्यु भयो । प्रहरीले अवैध भाले जुधाइमा सहभागी भएका तीन जनालाई पक्राउ गरेको छ। सो क्रममा ७ वटा भाले प्रहरील नियन्त्रणमा लियो ।

फिलिपिन्समा भाले जुधाइ चर्चित खेल हो। यस्ता खेलहरू प्रायजसो अवैध हुन्छन्।

प्रतिक्रिया