

चितवनका प्रहरी प्रमुख एसपी रिमालको पनि सरुवा

काठमाडौँ – चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले चितवनको प्रहरी प्रमुखमा नयाँ एसपी पठाएको हो ।
प्रहरी प्रधान कार्यालयले चितवनको एसपी रिमाललाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा काज सरुवा गर्दै उनको ठाउँमा ब्युरोमै कार्यरत एसपी गौतम मिश्रलाई पठाएको हो । आजैका मितिबाट लागु हुने गरी काज सरुवा गरिएको छ ।
रवि लामिछाने पक्राउको विरोधमा चितवनको भरतपुरमा रास्वपाका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको शवको प्रतिक बनाएर नारायणीमा दाहसंस्कार गरेको कार्य रोक्न नसकेको भन्दै चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव पनि आज मन्त्रालयमा तानिएका छन् ।
सो विरोधलाई प्रजिअ र एसपीले रोक्न नसकेको गृह मन्त्रालयमा चर्चा छ ।

