अन्डरवर्ल्ड ग्याङस्टर छोटा राजनलाई जमानत


काठमाडौं– मुम्बई उच्च अदालतले अन्डरवर्ल्ड ग्याङस्टर छोटा राजनलाई जमानत दिएको छ । २३ वर्ष पुरानो मुद्दामा उच्च अदालतले छोटा राजनलाई जमानत दिएको हो ।

समाचार एजेन्सी पीटीआईका अनुसार सन् २००१ मा होटल व्यवसायी जया शेट्टीको हत्या आरोपमा छोटा राजनलाई जन्मकैदको सजाय सुनाइएको थियो । उनी अहिले पत्रकार ‘जे डे’ (ज्योतिर्मय)को हत्या अभियोगमा सजाय भुक्तान गरिरहेका छन् ।

सोही कारण अदालतले जमानत दिए पनि उनी जेलबाट छुट्ने सम्भावना सहज नभएको बीबीसी हिन्दीको अनलाइन संस्करणमा समाचार छ । उनलाई पत्रकार ‘जे डे’ को हत्या अभियोगमा अदालतले जन्मकैद तोकेको छ ।

ज्योतिर्मय ‘मिड डे’ अखबारमा वरिष्ठ क्राइम रिपोर्टर थिए ।

प्रतिक्रिया