


सूर्यदर्शन सहकारीको अनुसन्धान गर्न सीआईबीका डीएसपी तिवारीलाई खटाईयो

काठमाडौं – पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको अनुसन्धानमा सघाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीलाई खटाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न सीआईबीका डीएसपी तिवारीलाई पठाइएको छ ।
सूर्यदर्शन सहकारीबारे अनुसन्धान गर्न दुई जना अधिकृतहरु यसअघि नै पोखरामा गएर काम गरिरहेका छन् ।
अनुसन्धानमा सहजीकरण गर्न अहिले तिवारीलाई पठाइएको सीआईबीका एआईजी दिपक थापाले जानकारी दिए ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।

