आज पनि बढ्यो सुनको मूल्य


काठमाडौं- नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य वृद्धि भएको छ ।  मंगलबार छापावाल सुनको मूल्य बढ्दै तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन छापावाल सुनको मूल्य १ लाख ६५ हजार ६०० रुपैयाँ कायम भएको थियो ।  आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ बढेर १ लाख ६६ हजार रुपैयाँ नजिक पुगेको हो ।

यस्तै चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९५ रुपैयाँ कायम हुँदा मंगलबार बढेर २ हजार १०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया