
राष्ट्रपति पौडेल अजरबैजान भ्रमणमा जाने
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल दोस्रो विदेश भ्रमणमा निस्किने भएका छन् ।
राष्ट्रपति पौडेलले युरोपेली राष्ट्र अजरबैजानको दोस्रो भ्रमण गर्न लागेका हुन् । पूर्वी युरोप र पश्चिम एसिया बीचमा पर्ने युरोपेली अजरबैजान भ्रमणका लागि राष्ट्रपति कात्तिक अन्तिम साता निस्किने छन् ।
जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप समिट) मा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै राष्ट्रपति अजरबैजान जान लागेका हुन् । संयुक्त राष्ट्रसंघको आयोजनामा हुने सन् २०२४ को संस्करणको कोप समिट (२०२४) आगामी २६ कात्तिकदेखि ७ मंसिरमा अजरबैजानको राजधानी बाकुमा हुँदैछ ।
राष्ट्रपतिको पहिलो विदेश भ्रमण पनि युरोपमै भएको थियो । गत जेठमा उनी युरोपेली राष्ट्रहरू जर्मनी र स्वीट्जरल्याण्डको भ्रमणमा गएका थिए । यसमध्ये जर्मनीको भ्रमण द्वीपक्षीय थियो भने स्वीट्जरल्याण्डको भ्रमण जेनेभामा ३१ जेठमा भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं सम्मेलनका लागि थियो ।



कागजपत्र |
