

नेपालविरुद्ध अमेरिकाले पहिले ब्याटिङ गर्दै, ५ ओभरमा गुमायो २ विकेट

काठमाडौं – एक खेल अगाडि नै नेपालविरुद्धको टी-२० आई सिरिज गुमाएको अमेरिकाले अन्तिम खेलमा सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर अमेरिकाले नेपाललाई बलिङको निम्तो दिएको हो।
ब्याटिङ सुरू गरेको समाचार तयार गर्दासम्म अमेरिकाले ५ ओभरमा २ विकेट गुमाएर ३० रन बनाएर खेलिरहेको छ । नेपालका लागि सोमपाल कामी र रिजन ढकालले १/१ विकेट लिएका छन् ।
यसअघि सिरिजका दुई खेलमा नेपालले सुरुमा ब्याटिङ गरेको थियो। पहिलो खेल १७ रनले विजयी भएको नेपालले दोस्रो खेलमा जितका लागि सुपर ओभरको सामना गर्नु परेको थियो। नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेटको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो।
नेपाल आज सिरिजमा क्लिन स्वीप गर्न चाहन्छ। अमेरिका भने घरेलु मैदानमा सिरिजमा एक जितको प्रतिक्षामा छ।

