रविलाई म्याद थपका लागि अदालत पुर्याइयो
काठमाडौं- सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ ।
प्रहरीले लामिछानेलाई केहि बेर अघि जिल्ला अदालत कास्कीमा उपस्थित गराएको हो ।
उनले प्रतिक्रिया दिँदै कानूनलाई सघाउन अदालत आएको बताएका छन् । रास्वपा नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले भने निषेधित क्षेत्रभित्र विरोध प्रदर्शन गरिरहेका छन् ।