रवि लामिछानेलाई कतिबेला लगिने छ अदालत ?


काठमाडौं-  सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आइतबार दिउँसो ३ बजे कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।

सहकारी ठगी प्रकरण रास्वपा सभापति लामिछानेलाई प्रहरीले पक्राउ गरी शनिबार विहान पोखरा पुर्‍याइएको थियाे । २ दिनदेखि हिरासतमा रहेका लामिछानेलाई दिउँसो ३ बजे अदालत पेश गर्ने तयारी भएको कास्की प्रहरीले जनाएको  छ ।

रविविरुद्ध सहकारी ठगी र संगठित अपराधको अनुसन्धान गर्न भन्दै प्रहरीले अदालतको अनुमति लिएर पक्राउ गरेको थियो ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया