

४० विद्युतीय बस किन्न साझाले आह्वान गर्यो बोलपत्र

काठमाडौँ – साझा यातायात प्रालिले ४० वटा विद्युतीय बस किन्नको लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि बोलपत्र आह्वान गरेको छ।
कम्पनीले काठमाडौं उपत्यकामा चल्ने गरी पहिलो चरणमा ४० विद्युतीय बस किन्न लागेको साझा यातायातका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए।
यसको लागि पत्रिकामा सूचना निकालिएको छ। सूचनाअनुसार बस खरिदमा सहभागी हुन चाहने कम्पनीले न्यूनतम धरौटी रकम २ करोड १० लाख रुपैयाँ राख्नुपर्नेछ।
इच्छुक कम्पनीहरुले साझा यातायातको कार्यालयमा २० हजार रुपैयाँ फिर्ता नपाउने गरी बुझाउनुपर्नेछ। आगामी वैशाख २६ गतेसम्म इच्छुक कम्पनीले बस खरिदको प्रस्ताव हाल्न पाउनेछन्।

