पूर्वराजा ज्ञानेन्द्र शाहले आज अपराह्न ४ बजेपछि सर्वसाधारणलाई टीका लगाइदिने


काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिने भएका छन् ।

संवाद सचिवालयले दिएको जानकारी अनुसार पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले आज शनिवार विजयदशमीका दिन अपराह्न ४ बजेपछि शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने छन् ।

नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

 

प्रतिक्रिया