नवनियुक्त प्रधानन्यायाधीश राउतद्वारा पदभार ग्रहण


काठमाडौं – नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पदभार ग्रहण गरेका छन् ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश राउतले पदभार ग्रहण गरेका हुन् ।

राउत सर्वोच्च अदालतमा पुग्दा सर्वोच्चका कर्मचारीहरूले स्वागत गरेका थिए ।

यसअघि राष्ट्रपति पौडेलले राउतलाई आइतबारै प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए।

असोज १६ गतेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानन्यायाधीशमा राउतको नाम सर्वसम्मतिले अनुमोदन भएको थियो।

प्रतिक्रिया