४ दिने भुटान भ्रमणबाट फर्किए पूर्वराजा शाह


काठमाडौं- चार दिने भुटान भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्किएका छन् । ड्रुक एयरलाइन्सको विमानबाट आज बिहान सभा ८ बजे उनी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

पूर्वराजा शाह  भुटानी राजपरिवारको निमन्त्रणामा बिहीबार पारिवारिक सदस्यहरूसहित धार्मिक भ्रमणमा भुटान पुगेका थिए ।

पूर्व राजा शाहसँगै उनकी छोरी प्रेरणा, भतिजी सितास्मासहित निजी सचिवालयका सहयोगीहरू समेत भुटान गएका थिए । भ्रमण सकेर नेपाल फर्कने क्रममा शाहलाई भुटानका नरेश जिग्मे केशर वाङचुकले शाही अतिथि गृह थिम्पुमा बिदाइ गरेका थिए । ड्रुक एयरलाइन्सको विमानबाट आज बिहान सभा ८ बजे उनी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

भुटान सरकारले पूर्वराजालाई विशेष स्वागत सत्कार गरेको थियो । पूर्वराजा शाहलाई अघोषित रुपमा राजकीय सम्मान दिइएको थियो । त्यहाँ रहँदा उनले आफूले अध्ययन गरेको दार्जिलिङको नर्थ पोइन्ट स्कूलमा आफ्ना केही सहपाठीसहित पूर्व विद्यार्थीहरूको भेलालाई समेत सम्बोधन गरेका थिए ।

प्रतिक्रिया