संकटग्रस्त पालिका घोषणामा अन्याय भएको भन्दै सिन्धुपाल्चोकका सांसदको आपत्ति


काठमाडौँ-सिन्धुपाल्चोकका पाँच सांसदले सरकारले घोषणा गरेको संकटग्रस्त क्षेत्रप्रति आपत्ति जनाएका छन्  ।

सिन्धुपाल्चोकबाट निर्वाचित संघीय सांसद माधव सापकोटा तथा प्रदेश सांसदहरू युवराज दुलाल, कुमारी लामा, सरल सहयात्री र अमृता नेपालले हस्ताक्षर गर्दै जिल्लाको भोटेकोशी गाउँपालिकाको नाम मात्र समावेश गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

आपत्ति जनाउनेमा लामा राप्रपाकी सांसद हुन् भने अन्य चारै जना माओवादीका सांसद हुन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्को अवस्था मूल्यांकन गरेर संकटग्रस्त क्षेत्र घोषणा गर्न शुक्रबार नै सरकारसमक्ष सिफारिस गरेको थियो र सरकारले शुक्रबारनै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकासहित ४१ स्थानीय तहलाई विपद संकटग्रस्त घोषणा गरेको थियो ।

सिन्धुपाल्चोकका सांसदहरूले प्रमुख जिल्ला अधिकारीले आफू खुसी निर्णय गरेर एउटा पालिकालाई मात्र सिफारिस गरेको भन्दै आपत्ति जनाएका हुन् ।

प्रतिक्रिया