मेक्सिको सेनाले गोली चलाएको गाडीमा ११ नेपाली


काठमाडौं- अवैधरुपमा अमेरिका छिर्न खोज्ने आप्रवासीहरु भाग्न खोजेको भन्दै मेक्सिको सेनाले गोली चलाएको गाडीमा ११ जना नेपाली रहेको पाइएको छ ।

अमेरिकास्थित नेपाली दूतावासले शनिबार त्यसबारे जानकारी गराउँदै मंगलबार भएको उक्त घटनामा कोही पनि नेपाली नमारिएको तर ३ जना घाइते भएको उल्लेख गरेको छ ।

ग्वाटेमाला- मेक्सिको सीमा क्षेत्रबाट आप्रवासीहरुलाई लिएर अमेरिका जान हिँडेको गाडीलाई मेक्सिको सेनाले आफ्नो सुरक्षा पोष्ट भएको क्षेत्रमा रोक्न खोज्दा उक्त गाडी नरोकी भागेपछि गोली चलाएको थियो ।

सेनाको गोली प्रहारबाट ६ जनाको मृत्यु भएको, १० घाइते भएको र मृत्यु हुनेमा नेपाली नागरिक पनि रहेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका थिए।

दूतावासले घाइते ३ जना नेपालीको उपचार भइरहेको र त्यहाँ पक्राउ परेका सबै नेपाली मेक्सिको अध्यागमनको हिरासतमा रहेको जानकारी दिएको छ ।

 

प्रतिक्रिया