पूर्वराजा ज्ञानेन्द्र शाहको भुटानी राजपरिवारसँग भेटवार्ता


काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजपरिवारसँग भेटवार्ता गरेका छन् ।

भुटानी राजा जिग्मे खेसर नाम्ग्येल वाङचुक, रानी जेत्सुन पेमा वाङचुकलगायत भुटानी राजपरिवारका सदस्यसँग पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारले  राजधानी थिम्पुमा भेटवार्ता गरेको हो ।

पूर्वराजा शाहको परिवार अहिले भुटानको भ्रमणमा रहेको छ । भुटान भ्रमणमा रहेका नेपालका पूर्वराजा शाहले त्यहाँका पूर्वराजा जिग्मे सिङ्गे वाङचुकसँग पनि भेटेका छन् ।

नेपालका पूर्वराजा शाह र भुटानका पूर्वराजा वाङ्चुक भारतको दार्जिलिङस्थित सेन्ट जोसेफ कलेजका सहपाठी पनि हुन् ।

प्रतिक्रिया