उर्जा राज्यमन्त्री कान्छारामले पर्यटनमन्त्री पाण्डेलाई ‘तोरी लाउरे’ भनेपछि… (भिडियोसहित)


काठमाडौं – उर्जा राज्यमन्त्री कान्छाराम तामाङले पर्यटनमन्त्री बद्री पाण्डेलाई अपशब्द प्रयोग गर्दै गालीगलौच गरेका छन् ।

मन्थली विमानस्थलमा जहाज उडाउने विषयमा एक कर्मचारीसँग कुरा गर्दै कान्छारामले पर्यटनमन्त्री बद्री पाण्डेलाई ‘तोरीलाउरे’, ‘सा*’, ‘वेकुब’ जस्ता अपशब्दले गालीगलौच गरेको भिडियो बनाएर स्टन्ट मच्चाउन खोजेका छन् ।

निर्माण व्यवसायबाट ठेक्कापट्टाकै भरमा कांग्रेसको राजनीति गरेर मन्त्री बन्न सफल कान्छारामको आफ्नै सरकारको एक जिम्मेवार मन्त्री जस्तो र आफ्नै पार्टीको सहमहामन्त्री जस्तो व्यक्तिलाई किसिमको शब्द प्रयोग गरेर गाली गलौच गर्नु अनि त्यसको भिडियो रेकर्ड गराएर सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्न खोज्नु उनी आफू भाइरल हुनुबाहेक अरु केही होइन ।

मन्त्रीको पदमा बसेर नेपाल सरकारको सचिव र पार्टीको सहमाहामन्त्री समेत रहेका मन्त्रीमाथि यस्ता किसिमको अपशब्द प्रयोग गर्ने लामाको हैसियत यो कुन स्तरको रहेछ रु नेपाल कस्ता मन्त्रीले चलाईरहेका रहेछन् भन्ने छर्लंग भएको छ ।

एउटा मन्त्रीले अर्को मन्त्रीको कार्यक्षमतामाथि प्रश्न गर्ने, जवाफ़ माग्ने अन्य माध्यम होलान् र तर मन्त्री लामाले आफ्नो वास्तविक ठेकेदारी हैसियतअनुसार नै चर्चामा आउन कै लागी नियतबस यो भिडीयो बनाएर स्टन्ट गरेका छन् ।

पैसाको भरमा कांग्रेसको राजनीतिबाट रामेछाप जिल्लाको पार्टी सभापति र सांसद बन्दै सिंहदरबारको सिंहासनमा बस्न पाएका लामा जिल्ला कै पार्टीको कार्यक्रम भने कार्यकर्ताबाट लखेटिएका थिए ।

मन्त्री लामा विवादित ठेकेदार हुन् । उनको अधिकांश ठेक्का लथालिङ्ग छ । राज्यबाट अग्रिम पेश्की लिएर काम नगर्ने गरेको आरोप छ । उता तामाङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्ति हुन् । केन्द्रको तथ्यांक अनुसार तामाङ एक पटक मात्रै होइन, कैयौं पटक कालोसूचीमा परेका छन्। पछिल्लोपटक मात्रै उनी यही असार २४ गते कालोसूचीमा परेका छन् । त्यसअघि त्यसअघि असार २१ गते र असार १३ गते पनि उनको नाम कालोसूचीमा दर्ज भएको थियो। असार १३ मा उनको कम्पनी कान्छाराम कन्स्ट्रक्शन र नाना ज्वाइन्ट भेन्चर ९साझेदारी०लाई कालोसूचीमा राखिएको हो। त्यस्तै चैत १८ र अघिल्लो वैशाखमा पनि उनी कालो सूचीमा परेका थिए ।

त्यस्तै तामाङले कैयौं पटक कर नतिरेको भन्दै आन्तरिक राजस्व कार्यालयहरूले सार्वजनिक सूचना जारी गरेको थियो । आन्तरिक राजस्व कार्यालय, नयाँ बानेश्वरले २०८० जेठ ६ गते सार्वजनिक गरेको आयकर र मूल्य अभिवृद्धि कर बक्यौता रहेकाको सूचीमा कालिकारकान्छाराम जेभीले ६९ लाख ५० हजार र युनाइटेड विल्डर्सरडाँफेरकान्छाराम कन्स्ट्रक्शनको नाममा ५५ लाख ९४ रुपैयाँ कर नबुझाएको उल्लेख थियो।

उनै ठेकेदार मन्त्रीले पछिल्लोपटक विपदको बेला मन्त्रीमाथि गरेको तुच्छ शब्दको प्रयोग र शैलीले उनको वास्तविकता जनतामाझ छर्लङ्ग पारेको छ ।

भिडियोः

प्रतिक्रिया