सर्वोच्चमा दसैं बिदा सुरू, बन्दीप्रत्यक्षीकरणको रिटमा मात्र सुनुवाइ हुने


काठमाडौं – सर्वोच्च अदालतमा दसैँ बिदा सुरु भएको छ ।

आजदेखि कोगाग्रत पूर्णिमाका दिनसम्म सर्वोच्च अदालत बन्द रहने भएको हो ।

तर, उक्त अवधिमा घटस्थापना, शनिबार र विजयादशमीका दिन बाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि भने सुनुवाइ हुने सर्वोच्चले जारी गरेको सूचनामा उल्लेख छ ।

सुनुवाइ बिहान ११ देखि अपराह्न ३ बजेसम्म हुनेछ ।

 

प्रतिक्रिया