सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौं- सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । २ बजेर २१ मिनेट जाँदा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जलवीरे केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडकाे भूकम्प गएकाे हाे ।
यसअघि गत भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।