पृथ्वीराजमार्ग २ घण्टाका लागि पूर्णरुपमा बन्द


काठमाडौं- पृथ्वी राजमार्ग दुई घण्टाका लागि पुन: बन्द गरिएको छ ।

१२ गतेको बाढीपहिरोपछि एकतर्फीरुपमा सञ्चालन भएको सडक दिउँसो २ बजेससम्मका लागि पूर्ण रुपमा बन्द गरिएको हो ।

झ्याप्लेखोलाको पहिरो पन्छाएर सडकलाई पूर्णरुपमा सञ्चालन ल्याउनका लागि २ घण्टाका लागि बन्द गरिएको सूचनामा उल्लेख छ ।

लामो यात्रामा निस्कनुपर्ने भए नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर मात्रै निस्कन प्रहरीले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया