होटल एभरेस्ट र बसेरामाथि कारबाही, किन तिराइयो ३/३ लाख जरिवाना ?


काठमाडाैं– सरकारले नयाँ बानेश्वरस्थित हाेटेल एभरेष्ट र बबरमहलस्थित बुटिक होटेल बसेरालाई तीन-तीन लाख रुपैयाँ जरिवाना तिराएको छ।

एभरेष्ट होटेलकाे किचनमा मिति गुज्रेका सामान फेला परेकाे र बबरमहलस्थित बसेरा होटेलको अनुगमन गर्दा अधिकतम् खुद्रामूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेकाले दुवैलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नगद जरिवाना तिराएकाे हाे ।

दुवै होटेलले उपभोक्ता हित विपरीत व्यवसाय गरिरहेको भेटिएपछि नगद जरिवाना तिराइएको विभागका महानिर्देशक राजन पौडेलले बताए।

यसअघि विभागले जिम्बु थकाली रेस्टुरेस्टलाई बढी मूल्यमा पानी बेचेको भन्दै ३ लाख रुपैयाँ जरिवाना गराएको थियो ।

प्रतिक्रिया