सर्वोच्चका प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान, १० दिनभित्र उजुरी दिन सकिने


काठमाडौं – संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ ।

समितिले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस नृपध्वज निरौला र नित्यानन्द पाण्डेयका लागि उजुरी आह्वान गरेको हो।

सिफारिस गरिएका निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन् भने पाण्डेय उच्च अदालत ललितपुरका मुख्य न्यायाधीश हुन् ।

न्यायाधीश पदमा सिफारिस गरिएका व्यक्तिहरू नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं प्रमाणसहित १० दिनभित्र कार्यालय समयमा जिल्ला प्रशासन कार्यालय वा सचिवालयमा उजुरी दिन सक्ने समितिले जनाएको छ ।

 

प्रतिक्रिया