घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुनको मूल्य एक लाख ६० हजार ६ सयमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मुल्य ५ रुपैयाँले घटेर १९४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया