उद्धारपछि सुत्केरी महिलाको मुहारमा खुसी


सिन्धुली- सिन्धुलीको तीन पटक गाउँपालिका- १ निवासी हेमकुमारी तोलाङ्गे तीन दिन अघि काठमाडौंका लागि घरबाट हिँडेकी थिइन्।  काभ्रेको मङ्गलटार क्षेत्रमा बिपी राजमार्ग बाढीले भत्काउँदा उनी बीच बाटोमै अलपत्र परिन् ।

एक महिनाकी सुत्केरी हेमकुमारीको अवस्था गम्भीर बन्दै गएको थाहा पाएपछि आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई उद्धार गरी धुलिखेल ल्याइएको छ । उद्धारपछि हेमकुमारीको अनुहारमा खुसी झल्किन थालेको छ ।

प्रतिक्रिया