बाढीपहिरो पीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने कांग्रेसको निर्णय


काठमाडाैं- नेपाली कांग्रेसले बाढीपहिरो पीडितका लागि सहयोग गर्ने निर्णय गरेको छ ।

आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा  बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बाढीपहिरो पीडितका लागि राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । संसदीय दलले पनि सांसदहरूको १५ दिनको पारिश्रमिक दिने निर्णय भएको उनले बताए ।

कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई बाढीपहिरोमा परेकाहरूको उद्धार तथा राहतमा जुट्न पनि निर्देशन दिइएको छ ।

 

प्रतिक्रिया