झ्याप्ले खोलाको पहिरोमा भेटियो गोरखाबाट छुटेको बस


गोरखा-  गोरखाको लापुबेंसीबाट छुटेर गत शुक्रबार रातीदेखि सम्पर्कविहीन यात्रुबाहक बस पृथ्वीराजमार्ग अन्तर्गत झ्याप्लेखोलाको पहिरोमा पुरिएको अवस्थामा भेटिएको छ ।

धार्चे गाउँपालिका–७ लापुबाट छुटेको बा ४ ख २२७० नम्बरको बस पहिरोमा पुरिएको अवस्थामा भेटिएको गोरखा दरौदी यातायात प्रालिका अध्यक्ष नारायण खत्रीले जानकारी दिए ।

उनले  गाडीको नम्बरप्लेट फेला परेकाे जानकारी दिए । बसको डण्डीमा चालकको मोबाइल नम्बर पनि देखिएको यातायात व्यवसायीहरूले बताएका छन्  ।

लापुबेंसीबाट छुटेको बस शुक्रबार रातिदेखि सम्पर्कविहीन थियो ।

प्रतिक्रिया